मध्यपश्चिम बिश्वबिद्धालयका उपकुलपतिको निर्देशनमा विद्यार्थि माथि कुटपिट,अखिल (क्रा)द्धारा निन्दा

7
SHARES
15
VIEWS

सुर्खेत ।र्शैक्षिक सुधारका लागि एक महिना देखि आन्दोलनरत विद्यार्थिहरुका माग पुरा गर्नु भन्दा पनि उल्टै कुटपिट भएको छ ।
मध्यपश्चिम विश्व विद्यालयमा रिलेअनसनमा बसेका विद्यार्थिहरु माथि उपकुलपति डा.नन्द बहादुर सिंहको निर्देशनमा प्रहरीले कुटपिट गरेको बताइएको छ ।

कुटपिटमा परेर मध्यपश्चिम बिश्वबिद्धालय संयोजक टोपेन्द्र पौडेल स्ववियु सभापति झक्कवहादुर शाही , टिकाराम ढकाल घाइते हुनुका साथै विद्यार्थी नेताहरु दिपेन्द्रजंग शाही , रोशन बस्नेत ,भुपेन्द्र बम , केशव खड्का , गोविन्द सिजापति, तेजबहादुर वम , रोशन मिश्र , सन्देश थापा लगायतका सम्पुर्ण गिरफ्तार समेत गरेको बताइएको छ ।

१८ बुदे माग राखी शान्तिपूर्ण आन्दोलन रत बिद्यार्थी माथिको आक्रमणलाइ लिएर अखिल(क्रान्तिकारी)ले विरोध जनाउदै उपकुलपति सिंहलाई बर्खास्तको माग गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष रञ्जित तामाङ द्धारा प्रेश विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

—————————————————————————————————————————————

प्रेस विज्ञप्ति
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई वर्खास्त गर !
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत एक महिनादेखि विभिन्न १८ सुत्रीय माग राखेर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका नेता कार्यकर्तामाथि आज उपकुलपति प्रा.डा.नन्दवहादुर सिंहको ठाडो निर्देशनमा गरिएको क्रुर र बर्वर दमनको घोर निन्दा र भर्त्सना गर्दछौं ।
उपकुलपतिको ठाडो आदेशमा गरिएको उक्त दमनवाट अखिल ( क्रान्तिकारी ) मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक टोपेन्द्र पौडेल (राज ), स्ववियु सभापति झक्कवहादुर शाही , टिकाराम ढकाल लगायतका विद्यार्थी नेताहरु गम्भीर घाइते हुनुभएको छ । घाइते सवै साथीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । त्यसैगरी विद्यार्थी नेताहरु दिपेन्द्रजंग शाही , रोशन बस्नेत ,भुपेन्द्र बम , केशव खड्का , गोविन्द सिजापति, तेजबहादुर वम , रोशन मिश्र , सन्देश थापा लगायतका सम्पुर्ण गिरफ्तार साथीहरूलाई तत्काल रिहाइको माग गर्दछौं ।
विद्यार्थी संगठनहरुले उठाएका न्यायपुर्ण मागहरुलाई सार्थक वार्ता र छलफलवाट हल गर्नुको सट्टा प्रहरी र भाडाका लठैत् प्रयोग गरेर विश्वविद्यालय प्रशासनले गैरजिम्मेवारपनको पराकाष्ठा प्रदर्शन गरेको छ । विश्वविद्यालय प्रशासनको कायरतापुर्ण दमनले संयुक्त विद्यार्थी आन्दोलन रोकिने छैन ।
महिनौंसम्म विश्वविद्यालयलाई अस्तब्यस्त वनाउने , समस्या समाधान गर्नुको सट्टा उल्टो विद्यार्थीलाई क्रुर दमन गर्ने र विद्यार्थी माथि गुण्डा परिचालन गर्ने नालायक उपकुलपतिलाई तत्काल वर्खास्त गर्न माग गर्दछौं । साथै उपकुलपतिले राजिनामा नदिएसम्म वा वर्खास्त नगरिंदासम्म निजलाई सामाजिक वहिष्कार गर्ने लगायतका अझ कडा र सशक्त कार्यक्रम सहित विद्यार्थी आन्दोलन जारी राख्न आह्वान गर्दछौं।
२०७८/०४/२६
रञ्जित तामाङ
अध्यक्ष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित