अन्तरजातिय विवाहले ज्योतिको ज्यान गयो

7
SHARES
15
VIEWS

राजविराज। सप्तरी जिल्लाको सुरुंगा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरेकी छिन् ।

दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र स्वयं केटाले होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बसेको थियो । दलित समुदायकी छोरी ज्योति र उच्च जात भनिने ब्राह्मणका छोरा कृष्णको प्रेम गहिरिँदै गएपछि भागेका थिए ।

आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतिलाई भगाएर बिहे गर्ने योजना बुनेका थिए ।

फागुन १० गते राति कृष्णले ज्योतिका घरपरिवार र उनको समुदायलाई जानकारी गराएका थिए । ज्योतिलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गरेका थिए ।

ज्योतिले घरपरिवारलाई भागेको केही समय पश्चात जनकपुरको एक मन्दिरमा विवाह गरिसकेको बताएकी थिइन् ।

भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जलि लजबाट ज्योतिले आमा इनरदेवी पासवानलाई फोन गरिन् ।

ज्योतिलाई छाडेर कृष्ण बेपत्ता भएका थिए । पैसाको अभावले ज्योतिले खान पाएकी थिइनन् । त्यसपछि बिचल्लीमा परेपछि ज्योतिले आत्महत्या गरेको आफन्तको भनाइ छ । दोषी युवकलाई कारबाहीको माग उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित