रास्कोटका विद्यालयमा बृक्षारोपण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका विद्यालयमा बृक्षारोपण गरिएको छ ।

नगरपालिकाका माध्यमिक विद्यालयहरुमा बृक्षारोपण शुरु गरिएको बताइएको छ । रास्कोट नगरपालिकाको सहजीकरण र युनिसेफ नेपालको आर्थिक सहयोगमा जलबायु उर्जा तथा बाताबरण कार्यक्रम अन्तरगत रास्कोट नगरपालिका माध्यमिक विद्यालयमा बृक्षारोपाण गरिएको हो ।

उक्त बृक्षारोपण कार्यक्रम अन्तरगत जनजागृति माध्यमिक विद्यालय फुकोट, कालासिल्ला मावि गोर्खालि गाउँमा ओखर, रिठो, सल्ला,बकाइनोको बिरुवा बृक्षारोपाण गरिएको युनिसेफ नेपालका सहजकर्ता निर सुनारले बताइएका छन । उनका अनुसार वातावरणिय प्रदुषणमा प्रभाव न्युनिकरणका लागि बृक्षारोपण गरिएको बताइएको छ ।

कालासिल्ला माविमा आज विभिन्न जातका विरुवाहरु बृक्षारोपण गरिएको विद्यालयका प्रधानध्यापक सन्तराज शाहीले बताउनु भएको छ ।विद्यार्थिहरुको सहभागितामा बृक्षारोपण गरिएको हो । रास्कोट नगरपालिकामा युनिसेफ नेपालले उर्जा, खानेपानि र सरसफाईमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित