लुम्बिनीमा कस्तो छ माओवादी र कांग्रेसबीच सहमति ?

7
SHARES
15
VIEWS

बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार परिवर्तन गर्न गठबन्धन बनाएर अघि बढेका कांग्रेस र माओवादीले आधा–आधा समय सरकारको नेतृत्व लिने सहमति गरेका हुन् ।

गठबन्धनमा जनता समाजवादी पार्टी र जनमोर्चा पनि सहभागी छन् । प्रदेश सरकारको अवधि १६ महिना बाँकी छ । पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै नयाँ सरकार बनाउन बाटो खुलेको छ ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले गठबन्धन बलियो बनाउन आलोपालोको सहमति गरिएको बताए ।

गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । उनी रोल्पा–१ ‘क’बाट निर्वाचित हुन् ।

लुम्बिनी प्रदेशमा ३ वर्ष ५ महिना २४ दिन सरकारको नेतृत्व गरेका शंकर पोखरेलले बुधबार दिउँसो राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित