औषधिमा टिपेक्स लगाइएको छैन — स्वस्थ्य कार्यालय कालीकोट

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा कोभिड अस्पतालमा औषधिको मुल्य सुचिमा टिपेक्स र स्वस्थ्य कर्मिले खाना खाजा रकम नपाएको भन्दै प्रचार प्रसार गरिएको प्रति जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले खण्डन गरेको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक महत द्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले उपलब्ध गराएको औषधि भन्दा बाहिरको केही औषधि खरिद गरेको सो को बाहिर विक्रि नहोस भनेर प्रमानेन्ट मार्करले मुल्य सुचि मेटिएको बताइएको छ ।

केही अनलाइन र एफएफमहरुले समाचार सम्पे्रषण गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका अनुसार कोभिड अस्पतालमा विरामी र कार्यरत कर्मचारीहरुको खाना बासको व्यवस्थापन गर्दै आएको तर सरकारी कर्मचारीलाई खाजाको व्यवस्थापन कहि पनि नभएको उल्लेख गरएको छ ।

साथै विज्ञप्तिमा कोभिड १९ महामारीमा सबैले साथ सहयोग मार्फत स्वस्थ्य सेवामा थप सुधार,व्यवस्थित गर्न व्यवस्थापन टिम,स्वस्थ्य कर्मिलाई रचनात्मक सुझावको अपेक्षा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित