जनयुद्धका शहिदलाई सम्झिदै पचालझरना

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका नेतृत्व जनयुद्धका कुशल कमाण्डरले नेतृत्व गरेको गाउँ पालिका हो ।

विद्यार्थि राजनैतिकबाट शुरु गरेका खडगराज सेजुवाल र बाल्यकालमा जनयुद्धमा सहभागि भएकी तारा न्यौपानेको नेतृत्वमा पचालझरनामा उल्लेखनिय काम भएका छन ।

ति काम मध्येको सबै भन्दा नमुना काम भनेको पचालझरना गाउँ पालिकामा निर्माण भएको जनयुद्धका शहिदहरुको सम्झनामा सालिक देखि स्कृति गेट तथा प्रतिक्षालय स्तम्भ हुन ।

पचालझरना गाउँ पालिकाको घुराबगरमा निर्माण गरिएको सबै भन्दा कर्नालि प्रदेशको नमुना शालिक निर्माण हो । उक्त शहिद प्रतिक्षालय सहितको शहिदहरुको सम्झनामा प्रत्येक वडाका एक एक जना शहिदहरुको अर्ध सालिक निर्माण गरिएको छ भने पचालझरनाको राम्नाकोटमा शहिद स्मृति गेट निर्माण गरिएको छ ।

राम्नाकोटका ५ जना शहिदहरु भरत सेजुवाल(भिमसेन)कुम्भ बोगटी(गोमन)मनिलाल सेजुवाल(संघर्ष)दल सेजुवाल (शुवास),मन्ना वि क(मनिशा)थुगा सेजुवाल(बेदना)को सम्झनामा उक्त गेट निर्माण गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा ४६ जना जनयुद्धका शहिद रहेको बताइएको छ । गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले जनयुद्धका क्रममा बगाएको रगतको शहिदहरुलाई हामी सम्झना गरेर उनका सपना पुरा गर्नु दायित्व भएकाले शहिदहरुको सम्झनामा तिन ठाउँमा सम्झन लाएक शहिद स्तम्भ तथा गेट निर्माण गरेको बताउनु भएको छ ।

वहाँका अनुसार शहिद संग्राहलय निर्माण गर्नका लागि यस वर्ष शहिद स्मृति भवन निर्माण गर्न आवश्यक बवजेट व्यवस्थापन गरेको समेत अध्यक्ष सेजुवालले बताउनु भएको छ । कालीकोट जिल्लाका रास्कोट नगरपालिकाले शहिद स्मृति भवन निर्माण गरेको छ भने अन्य कुनै पनि गाउँ पालिकाले शहिदहरुको सम्झनामा कुनै पनि क्रियाकलाप भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित