देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदै

7
SHARES
15
VIEWS

काठमाडौँ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ ।

सत्तारूढ गठबन्धनका नेताहरुका अनुसार करिब वुधबारसम्ममा अध्यादेश ल्याउने लागिएको बताइएको छ ।

सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को नयाँ दल गठन गर्न सक्ने प्रावधान राखिने बताइएको छ ।

हाल दल फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ ।

मुलतः अहिले ल्याउन लागिएको अध्यादेश एमाले विभाजन गर्नका लागि भएको जानकारहरु बताउँछन् । माधवकुमार नेपाल पक्षलाई नयाँ दल गठन गर्न सहज बनाउन अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएको बताउँदै त्यसको विरोध गरेका थिए ।

उनले एक विज्ञप्ति जारी गर्दै दुवै संसदका चालु अधिवेशन अन्त्यको समेत विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित