कालीकोटका गाउँ गाउँमा वाइसिएल (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा विभाजन पछि नेकपा माओवादी केन्द्रले जिल्लामा गतिविधि तिव्र पारेको छ ।

पछिल्लो समयमा पार्टीका गतिविधि देखि भातृसंगठनका भेला सम्मेलन हुन थालेको छन । सोही क्रममा विहवार महावै गाउँ पालिकामा वाइसिएल नेपाल र अनेरास्ववियू(क्रान्तिकारी)को सयुक्त सम्मेलन सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका भातृसंगठनहरुका गाउँ गाउँमा संगठन सुदृढ तथा विस्तार गर्न थालेको छ । जिल्लाका विभिन्न ठाउँमा भेला तथा सम्मेलन गरेर गतविधि बढाउन थालेको हो । कालीकोटको महावै गाउँ पालिकामा पहिलो गाउँ सम्मेलन गर्दै संगठन घोषणा गरेको हो ।

महावै गाउँ पालिकामा वाइसिएल नेपाल र अनेरास्ववियू(क्रान्तिकारी)को संगठन विस्तार गरेको हो । अनेरास्ववियू(क्रान्तिकारी) कालीकोटका संयोजक मनसिंह शाहीका अनुसार वाइसिएल नेपालको प्रकाश शाही अध्यक्ष रहेको ३५ सदस्य महावै गाउँ कमिटि गठन गरेको छ भने राजेन्द्र शाही अध्यक्ष रहेको अनेरास्ववियू(क्रान्तिकारी)को गाउँ कमिटि विस्तार गरिएको छ ।

उक्त कार्यक्रममा युवा नेता खेम बहादुर सिंह लगाएतका वाइसिएलका नेताहरुले सम्बोधन गरेको बताइएको छ । महावैमा वाइसिएलको प्रदर्शनि मार्चपास सहित सम्मेलन सम्पन्न भएको बताइएको छ । कालीकोट जिल्लाका सबै स्थानिय तहमा संगठन विस्तारको कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित