रुपन्देही । लुम्बिनी प्रदेशसभाका २ जना एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
एमालेले गरेको कारवाहीलाई अमान्य ठहर गर्दै सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने जनाएको हो ।
एमालेले उनीहरुलाई कारवाही गर्दै पठाएको पत्रकाे जवाफ दिँदै सचिवालयले यस्ताे जनाएकाे हाे । सिचवालयकाे पत्रमा पदमुक्त गर्ने आधार नभएकोले कारवाही कार्यान्वयन हुन नसक्ने उल्लेख छ ।
सचिवालयले एमालेलाई शाही र वलीलाई पदमुक्त गर्न नसकिने पत्र पठाएको हाे ।
Discussion about this post