जहाज चढेर जुम्ला किन गए कर्नालिका मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही आइतवार जुम्ला पुगेका छन । जिल्ला समन्वय समिति कालीकोटको जिल्ला सभाका लागि जहाज चढेर मुख्यमन्त्रि शाही जुम्ला पुग्नु भएको हो ।

सधै भरी भाडाको एअर लाइन्समा चढ्ने गरेको आलोचना भइरहेको बेला जहाजमा चढेर जुम्ला पुग्नु भएको बताइएको छ । जुम्ला पुगेपछि मुख्यमन्त्रि शाहीले जिल्लाका सुरक्षा निकायका प्रमुखहरु संग छलफल गर्नु भएको जनसम्पर्क समितिका सल्लाहकार विष्णु विकले बताउनु भएको छ । त्यसै गरी मुख्यमन्त्रि शाहीले कालीकोट जिल्लामा सोमबार हुने जिल्ला सभा उद्घाटन गर्ने बताइएको छ ।

जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीका नुसार जिल्ला सभाको सबै तयारी पुरा भएको बताउनु भएको छ । गएको वर्ष कोरोनाका कारण जिल्ला सभा नभएपनि यस वर्ष जिल्ला सभा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित