कालीकोट । सदरमुकाम मान्ममा रहेको महाबै गाउँ पालिकाको सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । सोमबार विहान कार्यालय सहयोगि सफा गर्नका लागि जाने समयमा झ्याल फोडेर कागजजातहरु च्यातचुत पारेको बताइएको छ ।
स्थानिय पञ्जिका अधिकारी खाम्मा सिंहका अनुसार कार्यालय सहयोगिले दिएको सुचनाका आधारमा तोडफोडका बारेमा जिल्ला प्रहरी कार्यालय कालीकोटमा निवेदन दिएको बताउनु भयो । वहाँका अनुसार कहिले कस्ले के गरेको हो भन्ने बारेमा जानकारी नभएको बताउनु भयो ।
महावै गाउँ पालिकामा नेकपा माआवादी केन्द्रका कार्यक्रता र नेपालि कांग्रेसका कार्यक्रता विच झगडा भएको थियो ।
उक्त झगडामा आरोपित नेपालि कांग्रेसका ४ जना युवालाई प्रहरीले नियन्त्रण लिएको दिनमा सम्पर्क कार्यालयमा तोडफोड हुनुलाई रहस्यमय ढंगले लिइएको छ । प्रहरीले तोडफोडका बारेमा अनुसन्धान गर्न थालेको छ ।
Discussion about this post