दुई सांसदले पार्टी छोड्दा मुख्यमन्त्री शाक्य अल्पमतमा

7
SHARES
15
VIEWS

काठमाडौँ। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

मन्त्री बनेको सात दिनमै सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल परिवर्तन गरेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

एमाले फुटाएर माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा मन्त्री खनालले सनाखत गरेका छन् ।

खनालले एमाले छोडेर एकीकृत समाजवादीको केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका हुन् ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

खनाल र पाण्डेले दल छोडेपछि मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको हो ।

प्रदेश सभामा हाल १०९ जनामध्ये एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए । तर खनाल र पाण्डेले छोडेपछि अब भने मुख्यमन्त्रीलाई बहुमत पुर्याउनुपर्ने चुनौती आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित