पलांतामा अखिल(क्रान्तिकारी)को भेला सम्पन्न,को को ले पाए जिम्मेवारी?(फोटो फिचर सहित)

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकामा पहिलो गाउँ सम्मेलन सम्पन्न भएको छ । अखिल(क्रान्तिकारी) पलांताले व्यापक विद्यार्थिको सहभागिता सहित सम्मेलन सम्पन्न गरेको हो ।

संगठनका केन्द्रिय सदस्य विम बहादुर बम(सौगात)को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मलेलनमा नेकपा माओवादी केन्द्र कालीकोटका सचिवालय सदस्य विष्णु रोकाया(इन्द्र)पलांता गाउँ पालिका वडा न. १का वडाअध्यक्ष मान बहादुर भण्डारी सहितका नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनले सुजन बुढाको अध्यक्षतामा ३५ सदस्य गाउँ कमिटि गठन गरेको छ ।

जसमा उपाध्यक्षमा प्रमिका रोकाया,सचिव बल बहादुर विक,सहसचिव ललित शाही,कोषाध्यक्ष सुस्मा महतारा रहेको बताइएको छ उक्त सम्मेलनका पदाधिकारीलाई बधाइ दिदै अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय सदस्य विम बहादुर बमले अहिलको परिस्थितिमा देश हांक्ने जिम्मा युवा विद्यार्थिको कांधमा आएकाले त्यसको अभिभारा पुरा गर्नु पर्ने बताउनु भएको छ ।

उक्त कार्यक्रमका अतिथि विष्णु रोकायाले नयां पदाधिकारीलाई बधाइ दिदै शिक्षा क्षेत्रमा पलांतामा भएको ज्यादतिका विरुद्ध बुलन्द आवाज उठाउने बताउनु भएको छ ।

अखिल(क्रान्तिकारी)कालीकोटले यस अघि महावै गाउँ पालिकामा सम्मेलन गरेको थियो भने पचालझरना गाउँ पालिकामा आइतवार सम्मेलन हुने बताइएको छ । अखिल(क्रान्तिकारी) का जिल्ला सदस्य यज्ञराज शाहीका अनुसार पचालझरना गाउँ पालिका स्तरिय सम्मेलनका लागि सबै तयारी पुरा भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित