हिमचुलि सहकारीको वार्षिक समिक्षा गोष्ठि शुरु

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी क्षेत्रमा बेग्लै पहिचान कायम गरेको हिमचुलि कृषि सहकारी संस्था लि.को आर्थिक वर्ष २०७७।०७८को वार्षिक समक्षिा गोष्ठि होटल हिल साइडमा शुरु भएको छ ।

संस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षता तथा संस्थाका सल्लाहकार धनजित शाहीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा जिल्लाका १० वटा सेवा कार्यालयका व्यवस्थापकहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्न शुरु भएको छ ।
पहिलो दिनमा गाल्जे,मान्म,डेरी,कुमालगाउँ,मेहलमुडी सेवा कार्यालयहरुले आ आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन ।

अन्य बांकी रहेका सेवा कार्यालयले आइतवार प्रस्तुत गर्ने कार्यक्रम रहेको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । वहाँका अनुसार संस्थाको विगतको समिक्षा र आर्थिक वर्षको योजनाका बारेमा छलफल गरिने बताउनु भएको छ ।
संस्थाका सेवा कार्यालय व्यवस्थापक, संचालक समिति, सल्लाहकार र लेखा समिति पदाधिकारीहरुको उपस्थितिमा गरिएको कार्यक्रमले संस्थाका भावि रणनितिको बारेमा छलफल गर्ने बताइएको छ ।

संस्थाले जिल्ला भर ९ वटा सेवा कार्यालय र केन्द्रिय कार्यालय रहनुका साथै १३ हजार पांच सय बढि सदस्यमा कर्जा प्रवाहका साथै सुपथ मुल्य पसल, एग्रोभेट,दुध डेरी, रेमिटान्स लगाएतको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ । संस्थाले जिल्ला बाहिर कार्यक्षेत्र विस्तारको कार्यक्रम तय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित