दार्चुलाका जयसिंह धामी बेपत्ता घटनाबारे समितिले बुझायो प्रतिवेदन

7
SHARES
15
VIEWS

काठमाडौँ। दार्चुलाका जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ ।

दार्चुला ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा खसेर बेपत्ता धामी घटनाबारे सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काएपछि धामी बेपत्ता भएका थिए ।

सरकारले घटनाबारे छानबिन गर्न गठित गृह मन्त्रालयका सह–सचिव गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेका थिए ।

साउन १७ गते गठित समितिमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित