मान्छेलाई बांच्न पाउने अधिकार माथिको हमलालाई साइवर अपराध मार्फत हल गरिन्छ — मन्त्रि शाही

7
SHARES
15
VIEWS

म आज फेरि राजनीति चर्चाको शिखरमा पुगेछु । बिगत पाँच महिना देखि पटक पटक सामाजिक सन्जालमा भाइरल भयको यदी कोही ब्यक्ति थियो भने मनै थिय । तर मैले सामाजिक सन्जालमा म आफुलाइ रङ्गाउने प्रयास कहिलै गरिन । सबैले रङ्गायका फोटो हेर्नमा नै म आफुलाइ आफै आत्मा सन्तुष्टिको एक किनारामा राख्थे । सहि के हो , गलत केहो ? आफै मुल्यांकन गर्थेे । अरुलाइ सियर पनि गरिन । राम्रो आउदा हौसिने , न राम्रो आउदा अत्तालिने मेरो मनमा कहिलै आयन । किनभने पुर्खा देखि राजनीति संस्कार बोक्दै आयको घरपरिबारको सदस्य हु ।

म गल्लीबाट टिपेर कसैले शिरमाला पहिर्याइ दियका होइनन् । बिधार्थि राजनिती , पत्रकारिता र पार्टीको राजनीति गर्दै एउटा सङ्घर्षमय जीवन ब्यतित गर्दै यहाँ सम्म आइ पुगेको एउटा नियात्री हु म । बालापन देखि मेरो अहिलेको उमेर सम्म आइ पुग्दा कसै सङ्ग झुकेर , मागेर ढोकेर आफ्नो मान प्रतिष्ठा कमाउन लागिन । सङ्घर्षकै जीवन चक्रबाट यहाँ पुगेको छु ।

२०४७ साल देखि २०७८ साल सम्म मेरो नियात्राको जिबनमा थुप्रै उकाली – ओरालि , आरोह – अवराेह पार गर्दै आयको छु । ४६ सालको जन आन्दोलन , ५९ सालको प्रतिगमन बिरुद्दको आन्दोलन र २०६२/०६३ सालको जनक्रान्ति प्रदेश प्राप्तिकाे आन्दाेलनमा आफुलाइ ससक्त ढङ्गले उभियकाे एउटा पात्र हु । तत्कालिन नेकपा( एमाले ) को १० बर्ष कार्यालय सचिब हुँदै उप सचिब भयर काम गरे । तीन पटक पार्टीको सचिब र अध्यक्ष भयर जिल्लामा कम्युनिष्ट आन्दोलनको नेतृत्व प्रदान गरे ।

पार्टीको नेतृत्वलिदा जिल्लाका जनताको मन मष्तिस्कमा भिज्न सफल भयरनै आज एउटा सफलताको सिखरमा पुगेको हु । ३० बर्षको सङ्घर्ष र बलिदानले यहाँ सम्म पुगेको छु । कसैको कृपापात्र होइन म । म जहिले पनि गलत सस्कार , प्रबृत्ति , अहम्कार , घमण्ड , दम्भ र निरङकुस बिरुद्दमा सङ्घर्स गर्दै आएको एक अभियान्ता हु । यसैको फलस्वरुप मैले फ्लवरक्रस गरेको हु । नकि धन दौलतको र पद प्रतिष्ठाको प्रलोभनमा परेर होइन । आज कसैलाइ यदि रिस र डाहा छ भने यसैमा छ । म रिस र डाहालाइ राम्रो सङ्ग चिन्दछु । दम्भ र घमण्डलाइ पनि चिन्दछु ।

यसको कलरलाइ पनि चिन्दछु । हाइट र वइटलाइ पनि चिन्दछु । कसैको क्षमता र ओैकात कति छ भन्ने मलाइ थाहा छ । यसको उपचार केहो मलाइ राम्रोसँग थाहा छ । बातको ठाउमा लात हान्न पनि जानेको छु । बुद्धि र बिबेकलाइ राम्रो सङ्ग खेलाउन जानेको छु । मेरो कपाल कसैले फुटाउन चाहन्छ भने मितको कपालमा मलम पट्टि लगाउनु पर्छ भन्ने केहिछैन । हिजो आज बजारमा हिराे बिनाकाे सुटिङ हुदैछ अरे । यो सुटिङको खलनायक र उत्पादक कर्ता कोहो ? उसको एतिहासिक पृष्ठभूमि के हो ? मैले के जानेको छैन र ।

फेक भिडियोलाइ , इडिट गरेको भिडियो , इडिट गर्ने एप्स ( काइन्ड मास्टर) बाट फोटो जोडेर राजनिती गर्न खोजिदैछ र अर्काको चरित्र हत्या गरेर आफुलाइ बहादुर बनाउनु र एउटा योग्य म राज नेता त भन्दिन जिल्लाकाे नेता हुने प्रयास गर्नु यो जस्तो मुर्खता र पाखण्डिको अर्को रुप के हुन्छ र। एउटा बच्चा र अबोध महिलाको फोटो इडिट गरेर कसैले राजनितक अभिष्ट पूरा गर्न खोजेको छ भने उसको दिबा सपना हो ।

हाम्रो बिचमा केही छैन भनी मौखिक , लिखित र पत्रकार सम्मेलन गरि पुष्टाइ दिदापनि चरित्र हत्या गर्नु भनेको बाच्न पाउने अधिकार मानव अधिकार माथिको ठाडो उल्ङ्घन हो । यिनिहरुलाइ ज्यान मारा भन्ने कि , अपराधि गिरोह । राजनितीज्ञ भय राजिनितिक हिसाबले समाधान गरौला ।

अपराधी गिरोहो भने साइबर अपराध वा अदालति प्रकृयाबाट हल गरिन्छ । सबैलाइ चेतना भया !

लेखक : कुर्मराज शाही
कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि
कर्नालि प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित