कालीकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदरमुकामको जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण शुरु भएको छ ।
खुला राजनैतिकमा आएपछि सदरमुकाम मान्ममा पहिलो पटक पार्टी कार्यक्रताहरुलाई प्रशिक्षण शुरु गरेको हो । सो पार्टीका स्थायि समिति सदस्य धर्मेन्द्र बास्तोला(कंचन)को उपस्थितिमा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।
जिल्ला भरका एक सय बढि कार्यक्रताहरुको उपस्थितिमा पार्टीको पछिल्लो अवस्था र गर्नु पर्ने कामका साथै आगामि कार्यदिशाका बारेमा छलफल हुने बताइएको छ ।
त्यसै गरी कार्यक्रममा केन्द्रिय सदस्य एटम विसि,बैकल्पिक केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी(विराट) लगाएतका नेताहरुको समेत सहभागिता रहेको छ । जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)को अध्यक्षतामा शुरु भएको कार्यक्रममा कार्यक्रताहरुले सुझाव दिने कार्यक्रम समेत रहेको बताइएको छ ।
Discussion about this post