समुदायलाई स्वच्छ खानेपानि व्यवस्थापनमा लागि परेका छौं –वडाध्यक्ष बोहोरा

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । पचालझरना गाउँ पालिका वडा न. ७ का वडा अध्यक्ष सर्पसिंह बोहोराले धार्मिक स्थल निर्माण,बाटाघाटो लगाएतका काम गरेको बताउनु भएको छ ।

साविकको नानिकोट गाविसमा खानेपानिका आयोजनाहरु संचालनमा जोड दिने बताउदै वडा अध्यक्ष बोहोराले प्रदेश सरकारबाट आएको बजेटबाट खानेपानि तथा सरसफाईको तयारी भएको र वडाका प्रत्येक घरमा स्वच्छ खानेपानिका लागि फिल्टर वितरण गर्ने योजना बनाएको छौं ।

अबको दिनमा वडालाई कृषि उत्पादन तथा शिक्षा तथा स्वस्थ्यका लागि भौतिक संरचना निर्माणको काम पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । वहांले भन्नु भयो आफुले वडामा संचालनमा आएका योजनाहरुलाई स्थलगत रुपमा वास्तविक रुपमा अनुगमन नगरी भुक्तानि नदिने पक्रिया अगाडी बढाउदै आएको बताउनु भएको छ ।

आफुले गएको आर्थिक वर्षमा सबै भन्दा बढि राजस्व संकलन गरेका कारण बजेट सबै भन्दा बढि आएको दावि गर्नु भएको छ । समुदायले भुमिकर नियमित तिरेका कारण राजश्व प्राप्त गरेकोमा खुशि व्यक्त गर्नु भएका सर्पसिंह बोहोराले आफुले वडामा पिंगेलि पर्यटकिय क्षेत्रको सम्बद्र्धन,संरक्षण र व्यवस्थापनको तयारी गर्ने योजनामा रहेको  छ ।

वडा अध्यक्ष बोहोराले प्रत्येक वर्ष जात्रा हुने पिंगलि चौरमा रहेको पोखरीको उचित व्यवस्थापन गर्नका लागि आफु लागि परेको बताउदै आन्तरिक पर्यटकिय क्षेत्रको गन्तव्य स्थलका रुपमा नमुना गराएर प्रचार प्रसार गर्ने योजनामा रहेको भनाइ व्यक्त गर्नु भएको छ । कालीकोट जिल्लामा पर्यटकिय क्षेत्रहरुको लागि सहि गन्तव्य रहने गरेको अवस्थामा आन्तरिक तथा बाह्य क्षेत्रको आगमनका लागि साविकका बदालकोट,नानिकोट र राम्नाकोटमा स साना देखि ठुला पर्यटकिय क्षेत्रको विकास प्रवद्र्धन जरुरी रहेको बताइएको छ ।


पचालझरना गाउँ पालिकामा पर्यटकिय क्षेत्रका लागि नेपालको अग्लो पचालझरनाका साथै आधा दर्जन बढि सहायक झरनाहरु,वर्षको एक बवालि पाक्ने भारपाटा, तारु, सालिमपाटा लगाएतका क्षेत्रका साथै पुगमालिका, चुलिमालिका, नौमुल झरना लगाएतका पर्यटकिय क्षेत्र रहेका छन भने चर्चित स्थानिय अनन्त्य पुर्णि,तिजका मेला र लुवासुरी पचालो तथा मष्ठा धलपुराको मेला हुने गरेका छन ।


प्रमुख धार्मिक मेलाका रुपमा स्थापित जात्राहरु जेष्ठ,भाद्र,कार्तिक र मंसिर महिना हुने गरेको वडा अध्यक्ष सर्पसिहं बोहोराको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित