कोरोना खोपको नेपालबाट सफल हुने दावि

7
SHARES
15
VIEWS

काठमाडौं,जेठ । कोरोना विरुद्धको खोप अध्ययनमा यति बेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपाल बाट पनि महामारी विरुद्धको खोप अध्ययनमा डा ललित कुमार लाल दास तीन महिना देखि जुटेका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालेका छन्। हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरेका डा. दासले भने, “कोरोना भाइरस विरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु । ”उनले कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको अनुसन्धानमा सफलता पाएको दाबी गरे। उनले भने “प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ । अब थप अनुसन्धान राज्यको हो । ”उनले आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकार संग आग्रह समेत गरे ।

वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा. दासले जडीबुटीको प्रयोग गरी खोप तयार पारेका छन् । सुरुका दिनमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गरेका उनले कोरोना प्रतिरोधी क्षमता बढाउने खोपको समेत विकास गरेका छन् । कोरोना भाइरस विरुद्धको दुई प्रकारको खोप तयार पारेका डा दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासो राखेर छलफल समेत गरेको छ । नेपाल सहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारी संग डा दासले मङ्गलबार भर्चुअल छलफल गरेका थिए । डा. दासले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र सङ्गठन संगको अपेक्षाका बारेमा छलफलमा भएको जानकारी दिए। अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्न समेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा. दासले जानकारी दिनु भएको छ । ।

डब्ल्यूएचओले कोरोना विरुद्धको खोपको खोजी र अनुसन्धानका लागि उत्प्रेरित गरिरहेको छ । सोही क्रममा डा दासको अनुसन्धान अवधारणापत्र लाई डब्ल्यूएचओमा पठाइएको थियो । डा दासले कोरोना भाइरस विरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिएका छन् । यस्तै, कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोप लाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिइएको छ । डा दासको अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारी संग अर्को बैठक असार २ गतेका लागि तय भएको छ ।

हेटौँडा क्याम्पसका उपप्राध्यापक दामोदर गैरेले भने, “प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएका छौं । ” उपप्राध्यापक दामोदर गैरेका अनुसार गुर्जो, निमलगायतका जडीबुटीहरूको प्रयोग गरी इन्जाइमयुक्त खोप तयार पारिएको छ । खोपले कोरोना भाइरसमा भएको बोसोयुक्त तत्व नष्ट गर्न सहयोग गर्ने छ । उनका अनुसार, एन्टी अक्सिडेन्टयुक्त कागती, बेसार लगायत फलफूलको प्रयोग गरी कोरोना प्रतिरोधी क्षमता बढाउने खोप तयार गरिएको छ । डा. दासको अनुसन्धानलाई लिएर बाग्मती प्रदेश सरकारले चासो दिदै सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारी सहित प्रदेशका सामाजिक विकास मन्त्रालयले छलफल समेत आयोजना गरेको छ । खोप औषधिको अनुसन्धान, विकास र उत्पादनका लागि परिषद्बाट स्वीकृत लिनुपर्ने हुन्छ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईले डा दासको अनुसन्धानलाई संस्थागत गर्ने विषयमा छलफल भएको जानकारी दिनु भएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित