खांडाचक्र नगर उपप्रमुख सहित नरहरिनाथका अध्यक्ष विष्टले गरे नेकपा(एकिकृत समाजवादी)मा सनाखत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (एमाले) विभाजन संगै जिल्लामा जनप्रतिनिधिहरुले समाजवादीमा सनाखत गर्न शुरु भएको छ । सोही क्रममा आज खांडाचक्र नगरपालिका उपप्रमुख नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर विष्ट लगाएतका जनप्रतिनधिले नेकपा(एकिकृत समाजवादी)मा सनाखत गरेका छन ।

जिल्लाको खांडाचक्र नगरपालिका वडा न. ४का अध्यक्ष धनसिंह वि.क.वडा न. ८का आदिचन्द्र चौलागाई,कार्यपालिका सदस्य सरिता आचार्य,महिला सदस्य बुचि सुनार र वडा न.८का वडा सदस्य कृष्ण मल्लले एकिकृत समाजवादीमा सनाखत गरेका छन । त्यसै गरी नरहरिनाथ गाउँ पालिकाबाट वडा न.८का वडा अध्यक्ष लगाएतका जनप्रतिनधि रहेको नेकपा (एकिकृत समाजवादी) कालीकोटका सचिव चित्रसिंह गाउँलेले बताउनु भएको छ ।

त्यसै गरी तिलागुफा नगरपालिका वडा न. ६का वडा अध्यक्ष धर्मराज शाही,वडा सदस्य पद्मा शाहीले समेत जिल्ला निर्वाचन कार्यालय कालीकोटमा आएर सनाखत गरेका छन ।

यस अघि शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाई लगाएतका जनप्रतिनधिहरुले सनाखत गरिसकेको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने क्रम जारी रहेको बताइएको छ ।शुक्रवार सम्म सनाखत गर्नेको संख्या ३० जना पुगेको जिल्ला निर्वाचन कार्यालय कालीकोटका कार्यालय प्रमुख धन बहादुर मल्लले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित