पचालझरनामा माओवादी केन्द्रको जनप्रतिनिधि र कर्मचारी विच अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा स्थानिय जनप्रतिनिधि र माओवादी केन्द्र निकट कर्मचारी संग अन्तरक्रिया गरेको छ । माओवादी केन्द्र पचालझरना गाउँ कमिटीले गाउँ पालिकामा निर्वाचित जनपतिनिधि तथा आस्थावान कर्मचारी विच अन्तरक्रिया गरेको हो ।

पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विकको अध्यक्षता तथा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा अन्तरक्रिया गरिएको बताइएको छ । पचालझरना गाउँ पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा गरेका काम र आगामि दिनमा गर्ने पर्ने जनसरोकारका कामहरुको समिक्षा गरिएको बताइएको छ ।

गाउँ कमिटि अध्यक्ष पौरख विकले पचालझरना गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको बहुमतको सरकार रहेको र विगतमा गरेका कामलाई पूर्णता दिदै आगामि दिन अपुरा काम पुरा गर्ने र कम्युनिष्टको सरकार भएको अनुभुति दिलाउन अनुरोध गर्नु भएको छ ।

उक्त कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आफुले निर्वाचन ताका जनताका सामु गरेको वाचाहरु ७० प्रतिशत पुरा भएको र बांकी जनचाहाना अनुसार यस वर्षमा पुरा गर्ने बताउदै कर्मचारी जनशक्तिले साथ दिन अनुरोध गर्नु भएको छ ।
पचालझरना गाउँ पालिकाले पालिकाको विकासका लागि विभिन्न निकायहरु संग अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव लिने गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित