कालीकोट । बिप्लव निकट नेकपा सम्बद्ध जनपत्रकार संगठन कालीकोटको सम्मेलन हुने भएको छ ।
दोस्रो जिल्ला सम्मेलनका लागि आस्था,बिचार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता,श्रमजिबि हकहित र जनपक्षीय पत्रकारीताको बिकाशमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सम्पन्न हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने सम्मेलन आयोजक समितिका संयोजक कर्ण बिकले बताएका छ्न । उनका अनुसार सोमबार दिउसो सम्मेलन गर्ने बताएका छन ।
जनपत्रकारले जनताको पक्षमा कलम चलाउने जनपक्षीय पत्रकार उत्पादन नै जनपत्रकारको भुमिका रहेको बताए । कालीकोट जिल्ला जनयुद्धको उद्गम स्थल हो जहाँका जनता बिद्रोही रहदै अन्यायको बिरुद्ध आवाज उठाउदै आएका छ्न ।
ती आवाजलाइ बाहिर ल्याउन जनपत्रकारले भुमिका निर्वाह गर्ने बताइएको छ ।
Discussion about this post