नेपालमा थप २ सहित १३ जनाको मृत्यु,संक्रमित ३२३५ पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं, जेष्ठ। डोल्पामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका ३ निवासि एक पुरूषको मृत्यु भएको हो । उनको स्वाब परीक्षणका लागि पठाइएकोमा पोजेटिभ देखिएको हो ।

शनिबार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुचना निकालेर डोल्पाका ५८ वर्षिया पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिन आएको जानकारी दिएको छ । मृतक ती पुरूष सुर्खेतमा बस्दै आएका थिए । उनी गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए । घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो । त्यसै गरी सेती प्रादेशिक अस्पतालको डायलासिस कक्ष रहेकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या नेपालमा १३ पुगेको छ ।कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा ३सय २३ जना थप भएर जम्मा ३ हजार २ सय ३५ जना पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको छ । वहांका अनुसार निको भएर घर फर्किनेको संख्या ३ सय६५ रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित