कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले तिज पर्वको शुभकामना दिदै आफ्नौ मौलिक संस्कृतिको संरक्षण गर्दृै तिज मनाउन अनुरोध गर्नु भएको छ ।
तिजलाई कोभिड १९ महामारीले पारेको असर र पार्ने सक्ने असरलाई मध्यनजर गर्दै घरमा बसेर तिज मनाउन अनुरोध गर्नु भएको छ ।
तिजका अवसरमा शुभकामना दिदै मुख्यमन्त्रि शाहीले तिजलाई परम्परागत अन्धविश्वास नभई महिलाको स्वतन्त्रता र दिदी वहिनिको भेटघाटका साथै सुखदुख साट्ने पारिवारि मिलन र सामाजिक सद्भावका रुपमा लिन अनुरोध गर्नु भएको छ ।
मुख्यमन्त्रि शाहीले हरितालिका तिज पर्व २०७८ले हामी सबैलाई एकता बद्ध,आफ्ना हक अधिकार प्रति सचेत एवंम कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नु भएको छ ।
Discussion about this post