हिमचुलि सहकारीको रास्कोट सेवा कार्यालयमा आठौं वार्षिक उत्सव

7
SHARES
15
VIEWS

कालीकोट । सहकारीका माध्यमबाट वित्तिय पहुंच र आर्थिक सम्बृद्धिका लागि कालीकोट जिल्लामा स्थापना भएको हिमचुलि कृषि सहकारी संस्था लि.को रास्कोट सेवा कार्यालयले आठौं वार्षिक उत्सव मनाएको छ ।

२०७० साल भाद्र २४ गतेका दिन स्थापना भएको रास्कोट सेवा कार्यालय साविकको फुकोटको चुत्रिकोटमा स्थापना भएको थियो । स्थानिय बुद्धिजिवि तथा समाजसेवि महतको उपस्थितिमा उद्घाटन गरिएको थियो । कार्यक्षेत्र साविकको मुम्रा,मेहलमुडी पहुंच बढाउनु पर्ने भएका कारण नौ महिना पछि स्युना आरसिपि बजारमा कार्यालय स्थान्तरण गरिएको थियो । रास्कोटमा जिल्लाको पहिलो पटक लघुवित्त कार्यक्रम शुरु गरेर फुकोटको पलांतिबाडामा ४३ जना महिलाहरुको समुह मार्फत मासिक २० रुपैया बाट बचतको थालनि भएको र बढिमा ५००० मात्र कर्जा प्रवाह हुने गरेको बताइएको छ ।

साविकको कर्नालि अंचलमा पहिलो पटक लघुवित्त कार्यक्रम संचालन गर्दा कालीकोट जिल्लाको मान्म गाविसको ताडीबाट २०६७ साल जेष्ठ ३ गते यो अभियान शुरु गरिएकोमा रास्कोटमा २०६७ साल कार्तिक देखि समुहमा आवद्ध गराएको भएपनि सदरमुकाम देखि सो क्षेत्रमा हेर्ने गरिएको थियो ।

सदस्यहरुको सहज पहुंच नभएका कारण २०६९ सालको संचालक बैठकले सेवा कार्यालयको विस्तार अघि सारे संगै पहिलो पटक पिलि र रास्कोटमा सेवा कार्यालय विस्तार गरिएको थियो । अहिले रास्कोट सेवा कार्यालयले आफ्नै भवनबाट कारोवार संचालन गरेको छ भने रास्कोट नगरको सहयोगमा सुपथ मुल्य पसल, एग्रोभेट र अन्य बचत तथा कर्जाको काम गर्दै आएको छ ।
आठौं वार्षिक उत्सवमा संचालक मन तिरुवाको उपस्थितिमा व्यवस्थापक मनिका बोहरा लगाएतका कर्मचारीहरुले दिप प्रज्वलन सहित वार्षिक उत्सव मनाइएको फिल्ड सहायक शन्तोष भण्डारीले बताउनु भएको छ । त्यसै गरी हिमचुलि कृषि सहकारी संस्था स्थापना २०६५ साल भाद्र २५ गते भएकोमा स्थापना दिवसका अवसरमा सहकारीले २५ गते विहान ८ वजे चियापान कार्यक्रम तय गरेको संस्था का मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित