प्रचण्डले कर्नालिका १० जिल्लामा एक साथ सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले कर्नालि प्रदेशका १० जिल्लामा एक साथ सम्बोधन गर्ने भएका छन । कर्नालि प्रदेशका १० वटै जिल्लमा तयारी तिव्र पारिएको छ ।

शुक्रवार नेकपा माओवादी केन्द्र कर्नालि प्रदेशले सबै जिल्लाहरुमा सम्बोधनको तयारी गरेको बताइएको छ । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही सोही कार्यक्रमका लागि विहबार गृह जिल्लामा आइपुग्नु भएको छ ।

कालीकोट जिल्लामा हुने जिल्ला कमिटिको बैठकलाई सम्बोधनका लागि मुख्यमन्त्रि महेन्द्र बहादुर शाही कालीकोट आइुपुग्नुु भएको हो । नेकपा माओवादी केन्द्र कालीकोटका अध्यक्ष धनजित शाहीले प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

कालीकोट जिल्ला समन्वय समितिका सदस्यहरुको उपस्थितिमा पहिलो पटक भुर्चअल सम्बोधन हुने भएको हो । देशभर नयाँ सर्कुलर जारी गरेको नेकपा माओवादी केन्द्रले पार्टी संगठन सुदृढ तथा व्यवस्थापनका लागि अघि बढेको छ ।

देशका अन्य प्रदेशहरुमा थालनि गरेको पार्टी प्रशिक्षण कार्यक्रमको निरन्तरताका रुपमा लिएको उक्त कार्यक्रमले नेता तथा कार्यक्रताहरुमा उत्साह तथा हौसला थपिने बताइएको छ ।

कर्नालि प्रदेशका सुर्खेत, दैलेख, सल्यान,जाजरकोट, रुकुम पश्चिम,जुम्ला, कालीकोट, मुगु, डोल्पा,हुम्लामा समेत अन्तिम तयारी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित