हिमचुलिको १३ स्थापना दिवसमा मुख्यमन्त्रि शाहीले सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं स्थापना दिवस कर्नालिका मूख्यमन्त्रि महेन्द्र बहादुर शाही र कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि कुर्मराज शाहीको उपस्थितिमा हुने भएको छ ।

विहान  स्थापना दिवस मनाइने संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ । वहाँका अनुसार २०६५ सालमा स्थापना भएको हिमचुलि कृषि सहकारीले १३ वर्ष पुरा गरेकाले सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिदै संस्थाका आगामि दिनहरु अझै सदस्यहरुको जिवनमा परिवर्तन हुने क्रियाकलापहरु संचालनमा आउने बताउनु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.का जिल्लाभर ९ वटा सेवा कार्यालय रहका छन भने १३ हजार शेयर सदस्यमा बचत तथा ऋण,एग्रोभेट,सुपथ मुल्य पसल,सोलार कार्यक्रम लगाएतका सेवा दिदै आएको छ ।
हिमचुलि कृषि सहकारी संस्था लि. २०६५ साल भाद्र २५ गते स्थापना भएको कालीकोटको सबै भन्दा ठुलो सहकारी संस्था हो ।

संस्थाका सेवा कार्यालयहरुमा सदस्यहरुको उपस्थितिमा शुभकामना आदान प्रदानको कार्यक्रम रहेको बताइएको छ । संस्थाले सांझ दिपावलि मनाउने कार्यक्रम समेत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित