हिमचुलि सहकारी समाजवादी क्रान्तिको आधार हो –मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले कालीकोटमा स्थापना भएको हिमचुलि कृषि सहकारी समाजवादी क्रान्तिको आधार भएको बताउनु भएको छ । संस्थाको १३ औं स्थापना दिवसका अवसरमा बोल्दै मुख्यमन्त्रि शाहीले सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्रि शाहीले संस्था स्थापनाको १३ वर्षमा वालक उमेरमा ठुला काम गरेको प्रति धन्यवाद दिदै प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको छ । कालीकोट जस्तो विकट क्षेत्रका दुरदराजका समुदायको हितका लागि भिजन भएका व्यक्ति काशिचन्द्र बरालको पहलमा शुरु भएको सहकारीले जिल्ला बासिलाई आत्मनिर्भर बनाउन काम गर्न अनुरोध गर्नु भएको छ ।

त्यसै गरी कर्नालि प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि कुर्मराज शाहीले कृषि क्षेत्रमा विशेष योगदान दिने गरी काम गर्न अनुरोध गर्दै पशुपालन कृषकहरुको डेरीमा दुध संकलनको लागि ढुवानि वापत सहयोग गर्ने बताउनु भएको छ । संस्थाका अध्यक्ष काली बहादुर महताराले हाल सम्मका भए गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

आज जिल्ला भरका सेवा कार्यालयमा सांझ दिपावलि गरेर मनाउने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित