कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रह्री कार्यालय कालीकोटलाई सोलार हस्तान्तरण गरिएको छ । संस्थाले ५० हजार लागतमा ट्राफिक प्रहरीलाई सोलार हस्तान्तरण गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।
संस्थाको १३ औं स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्रि महेन्द्र बहादुर शाही र कृषि मन्त्रि कुर्मराज शाहीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । सोलार पाउदा आफुहरुलाई ठुलो राहत पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका प्रमुख नर बहादुर विष्टले बताउनु भएको छ ।
यस अघि सहकारी संस्थाले जिल्लाका ४ सय ५० जना प्रहरीलाई हाते डायरी सहयोग गरेको थियो ।
Discussion about this post