माओवादी केन्द्र कालीकोटको कुन पालिकामा कस्ले पाए जिम्मा ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र कालीकोटमा स्थानिय तहको जिम्मेवारी तोकेको छ । कर्नालि प्रदेश कमिटि बैठकले यस अघि तोकिएको जिम्मेवारीलाई हटाउदै तिन नगरपालिका र छ वटा गाउँ पालिकाको इन्चार्जको जिम्मेवारी तोकेको छ ।

जस अन्तरगत खांडाचक्र नगर इन्चार्जमा गंगा खड्का,रास्कोट नगरपालिकामा जगत शाही,तिलागुफा नगर पालिका इन्चार्ज रतन बहादुर शाही,शुभकालिका गाउँ पालिका इन्चार्ज जय बहादुर महतारा,महावै गाउँ पालिका इन्चार्ज खेम बहादुर सिंह,सान्नित्रिवेणि गाउँ पालिका इन्चार्ज जनकनाथ योगि,पचालझरना गाउँ पालिका इन्चार्ज देवजंग शाही,नरहरिनाथ गाउँ पालिका अग्र बहादुर विष्ट र पलांता गाउँ पालिका अनन्त विक रहेका छन । निर्वाचन क्षेत्र प्रदेश (क)को संयोजकमा सरोज बोगटी र सचिवमा तोकिएको छैन भने प्रदेश (ख)मा संयोजकमा डम्बर शाही र सचिवमा तारा न्यौपानेलाई जिम्मेवारी दिने भने पनि घोषणा भने हुन नसकेको बताइएको छ ।

यस अघि रास्कोट नगरपालिका इन्चार्जको जिम्मेवारी लिएका जगत शाही संयोजक रहेका थिए । कर्नँलि प्रदेश कमिटिले गरेको निणर्य न्यायोचित नभएको भन्दै अधिकांस कार्यक्रताहरुले असहमति जनाएका छन । त्यति मात्र नभई नेकपा माओवादी केन्द्र कर्नालि प्रदेश कार्यालयमा असहमति समेत पेश गरेको बताइएको छ । भर्खरै सम्पन्न नेकपा माओवाी केन्द्र कालीकोटको बैठक तथा प्रशिक्षणमा प्रस्तुत गरिएको जिम्मेवारी बांडफांडमा पुराना कार्यक्रताहरु ओझेलमा परेका छन भने नेतृत्वको आसपासमा घुमिफिरि गर्नेहरुले जिम्मेवारी पाएको आलोचना हुन थालेको छ ।

असन्तुष्ट कार्यक्रताहरुले कुरा उठाएपनि पार्टी नेतृत्वले वेवासता गरेको समेत बताएका छन । जिम्मेवारी दिने सवालमा उचित बहस गरेर कसलाई दिदा राम्रो हुन्छ भन्ने बारेमा सोच्नु पर्ने बेला भएको बताइएको छ ।
हाल दिएको जिम्मेवारीमा महिला कोटाबाट जिम्मेवारी पाउनेमा प्रदेश सदस्य गंगा खड्का रहेकी छन यस अघि पनि खांडाचक्र नगरपालिकाको इन्चार्जको जिम्मेवारीमा रहेको भएपनि खांडाचक्र नगरपालिका निवासि लक्ष्मि चौलागाई (शैलेन्द्र)भने निर्वाचन परिचालन समिति प्रदेश (ख) को इन्चार्जको जिम्मेवारी दिइएको छ । उनि यस अघि महावै गाउँ पालिका इन्चार्ज रहेका थिए ।

त्यसै गरी महावै गाउँ पालिका इन्चार्जमा खेम बहादुर सिंहलाई महावैको इन्चार्जमा ल्याइएको छ । उनि यस अघि कर्नालि प्रदेशका मुख्यमन्त्रिको सचिवालयमा रहेका थिए । उनि सबै भन्दा जुनिएर कार्यक्रताका रुपमा लिने गरिएको छ । त्यस क्षेत्रका नेतृत्व कर्ता सर्पराज सिहं भने ओझेलमा परेका छन ।
तिलागुफा नगरपालिकामा नगर प्रमुख रतन बहादुर शाहीलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने नरहरिनाथ गाउँ पालिका इन्चार्जको जिम्मेवारी अग्र बहादुर विष्टलाई दिएको छ । यता सान्नित्रिवेणि गाउँ पालिकामा भने प्रदेश कमिटि सदस्य जनकनाथ योगिलाई इन्चार्ज तोकिएको छ ।रास्कोट नगरपालिकामा इन्चार्ज जगत शाही, पचालझरना गाउँ पालिका इन्चार्ज देवजंग शाही रहेका छन भने दलित कोटाबाट पलांता गाउँ पालिका इन्चार्जमा अनन्त विक राजेशलाई जिम्मेवारी दिइएको छ ।
यसै गरी मााओवादी केन्द्र कालीकोटले असोज १० गते भित्र टोल सम्मेलन,असोज २० भित्र वडा सम्मेलन र असोज मसान्तमा गाउँ पालिकाका सम्मेलन गर्ने जनाएको छ ।
कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थित जिल्लाको बैठक तथा प्रशिक्षण कार्यक्रमबाट सो निणर्य भई कार्यक्रताहरु गाउँ फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित