…….त्यस पछि पढ्ने रहर अधुरै रह्यो

7
SHARES
15
VIEWS

कालीकोट । तत्कालिन समयमा १८ वर्षको उमरेर सम्म विहे नहुनु भनेको अनौठा नै हुने गर्थ्यो । म बाल्कालमा ठुलै उमेर पछि सम्म स्कुल जान नपाएर पद्धुाताएकि थिए । लगातार कक्षा ४ सम्म पढ्न पाउनु पनि भाग्यमानि ठान्छु । म स्कुल जाने समयमा दिदीको विहे भयो उनि ११  कि मात्र थिइन । गाउँ कै एक दिदीले पढेर जुम्ला थापाको केटा संग विहे गरिन ।


आफुले १ गिलास((कलास) पढ्दा खेरी धेरै कुराको घोक्नु पर्ने हुन्थ्यो अघिल्लो दिन पढाएको कुरा पछिल्लो दिन सबै नहेरेर नभन्दा सम्म उभिरहनु पर्ने गरेको स्मरण अहिले पनि ताजै रहेको उनको भनाई रहेको छ ।


मलाई मागि विहेको कुरा भइरहेको थियो । ससुराले पढ्न हुन्न पढेपछि अन्तै विहे गर्छन भनेर साविकको रकु गाउँमा विवाह बन्धन पछि पढाई छुट्यो ।विवाह बन्धनमा बांधिन पुग्दा त्यस पछि पढ्ने रहर अधुरै रह्यो ।  यो भनाई हो कोटबाडा निवासि नन्दा विष्टको । उनको २०१५ सालमा जन्मिएकी नन्दाको २०३३ सालमा रकु  निवासि नन्दसिंह विष्ट संग विहे भएको थियो । पढ्ने समयको स्मरण गर्दै नन्दा विष्टले उति खेरको पढाई निकै कष्टपूर्ण तरिकाले पढ्नु पर्ने हुन्थ्यो ।

आफुले १ गिलास((कलास) पढ्दा खेरी धेरै कुराको घोक्नु पर्ने हुन्थ्यो अघिल्लो दिन पढाएको कुरा पछिल्लो दिन सबै नहेरेर नभन्दा सम्म उभिरहनु पर्ने गरेको स्मरण अहिले पनि ताजै रहेको उनको भनाई रहेको छ ।

६३ वर्षिया नन्दाले अहिलेका ५ कलास पढ्ने गेल (केटा केटी) पनि केही नजानेको देख्दा आफुलाई अर्कै हुने गरेको बताइन ।नाति खेलाउदै उनिहरु संग अहिले पनि कक्षा १०को किताव पढ्ने गरेको उनको भनाई रहेको छ । आफुले एक वर्ष मात्र पढ्न पाइदिएको भए आफुले तत्कालिन समयमा शिक्षण पेशाको शुरुवात गर्ने दिन आउने रहेछन भन्ने अहिले सोच्ने गरेको नन्दाको भनाई रहेको छ ।

बुवाले दुःख कष्ट गरेर पढाउनु भयो । चार दाजु भाई र दुई दिदी वहिनिहरुमा सबै भाइहरुले विद्यालय जाने अवसर पाएको बताउदै घर नजिक नन्दादेवि विद्यालय भएकाले थोरै मात्रामा छोट्टी(केटी) छोरीहरु स्कुल जाने गरेकोले आफुहरुले त्यति चासो पनि नदिएको हो ।

अहिले मोवाईलमा हेलो गरेर पोइल जाने गरेको बताउदै नन्दा विष्टले उहिले सबै भन्दा बढि माल पाखर(भेडा,बाख्रा,गाई भैसि) जस्का छन सबै भन्दा बढि जमिन कस्को छ उसै संग विहे गरेपछि सुख हुन्छन भन्ने सोच मात्र हुने गरेकाले समयमै घरजम गर्नु बाहेक अरु केही सोच्ने चलन नरहेको बताइन । आफुहरु अहिले का केटा केटीहरु अवस्थालाई बुझ्दा कसरी जिवन निवार्ह गर्छन भन्ने चिन्ता लाग्ने गरेको उनको भनाई रहेको छ ।
माइति तर्फ (कोटबाडा)मा दुइ भाइहरु दान बहादुर विष्ट (बत्ति) र धिर बहादुर विष्ट(कर्नालि)ले जनयुद्धमा ज्यान गुमाएको स्मरण गर्दा निकै भावुक बनेकी नन्दाले दुई भाइहरुले ज्यान गुमाएको तर केही भने जस्तो नभएपछि आफुलाई नबांचेको भए हुन्थ्यो भन्ने भान हुन्छ ।

अहिले दाजुको निधन भएको छ । जनयुद्धबाट बाचेको एक मात्र भाई जनक विष्ट(कुवेर)को अवस्थालाई हेर्दा केही भने जस्तो भएन । त्यसैले दाजु भाई नभएको जस्तो हुने गरेको नन्दाको भनाई छ । युद्धकालमा घर समेत आगजनि भयो । बसौ भने बस्नलाई व्यवस्था छैन ।


अहिले मोवाईलमा हेलो गरेर पोइल जाने गरेको बताउदै नन्दा विष्टले उहिले सबै भन्दा बढि माल पाखर(भेडा,बाख्रा,गाई भैसि) जस्का छन सबै भन्दा बढि जमिन कस्को छ उसै संग विहे गरेपछि सुख हुन्छन भन्ने सोच मात्र हुने गरेकाले समयमै घरजम गर्नु बाहेक अरु केही सोच्ने चलन नरहेको बताइन ।


न ज्यान रह्यो न त सम्पति सबै सत्यानास भएकोमा चिन्ता बढेको उनको भनाई रहेको छ । कालीकोट जिल्लाको बोटबाडा जनयुद्धको समयमा लामो समय चलेको सरकारी पक्ष र विद्रोही पक्ष विचको संघर्षका कारण स्थानियले ठुलो दुःख कष्ट व्यहोनु परेको थियो ।

तत्कालिन समयमा २०५६ सालमा नेपाल दंगा प्रहरी परिचालन गरेर किलो सेरा टु चलाएको सरकारले तत्कालिन समयको ५ नम्बर क्षेत्र लालु माल्कोट रुप्सा, कोटबाडा र कुमालगाउँमा निकै ठुलो मानविय क्षति भएको थियो । सोही समयमा बाल बालवालिका देखि सयौं युवा युवतिहरुका साथै कयौंले विस्थापित हुनु परेको थिया भने कयौंले विना कारण दुख व्यहोर्नु परेको थियो ।सबै भन्दा बढि ज्यान गुमाएको कालीकोटमा ५ सय ८० बढि युद्धमा शहिद भएका छन भने द्धन्द्धपिडितहरुको संख्या हजारौ रहेको छ ।

बुढी आमा नन्दाको सोच पनि भाइहरुले लडेको युद्ध कसैका लागि उपलब्धि भएको भएपनि कसैको लागि सत्यानास बाहेक अरु केही नभएको जस्तै भएको छ ।
पढाई संगै जनयुद्धको सिकाईको व्यथा ओकलेकी नन्दाको जस्तै पिडा कयौं महिलाहरुमा परेको छ । अहिले भने समावेसि क्षेत्रमा महिला सहभागिता अनिवार्य र महिलाहरुका लागि छात्रबृति देखि अन्य कुरामा शैक्षिक सहजताले महिला साक्षरता दर बढ्न थालेको छ ।

कालीकोटको साक्षरता अवस्था भने कुल साक्षरता ५८दशमलव ९१ प्रतिशतमा महिलाको अवस्थाा भने ५१ दशमलव १५ रहेको छ भने पुरुषको ६६ दशमलव ३७ प्रतिशत रहेको जिल्ला शिक्षा समन्वय इकाई कालीकोटले जनाइको छ । निरक्षरको अवस्था भने ४१ दशमलव ९ प्रतिशत रहको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित