कालीकोट । पचालझरना गाउँ पालिकाको २२ कोठे प्रशासकिय भवनको कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही द्धारा सिलान्यास गरिएको छ ।
आज पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्र पणेक्षामा एक कार्यक्रमका विच सिलान्यास गरिएको छ । पचालझरनाको चर्चित देवता पचालोको धामिले देउता गाडेर सोही अनुसार सिलान्यास गरिएको हो ।
सिलान्यास कार्यक्रममा मुख्मन्त्रि शाहीले पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा सबै भन्दा नमुना शहर बनाउनका लागि प्रचुर सम्भावना भएकाले भौतिक संरचना पनि सोही अनुसार हुने बताउदै समयमा प्रशासकिय भवन निर्माण हुने आशा व्यक्त गर्नु भएको छ । पचालझरना गाउँ पालिकाको प्रशासकिय भवन ३ करोड ८५ लाख ७२ हजारमा सम्पन्न हुने बताइएको छ । उक्त भवनका लागि ५ करोड ५९ लाखमा ठेक्का आव्हान भएको थियो ।
कालीकोट जिल्लामा पछिल्लो समयमा प्रशासनिक क्रियाकलाप संचालन गर्न भौतिक संरचना निर्माणका काम धमाधम हुन थालेका छन ।
Discussion about this post