प्रतिनिधि सभामा एमालेलाई थप दुई सांसदको क्षति

7
SHARES
15
VIEWS

काठमाडौं। सर्वोच्च अदालतको पछिल्लो आदेशले एमालेलाई ठूलो झट्का लागेको छभने माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई राहत मिलेको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)मा जान बाटो खोलिदिएको छ ।

सर्वोच्चको आदेशले अध्यक्ष नेपाललाई राहत मिलेको छ । सांसदद्वय पाण्डे र भट्टलाई दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी भएको छ ।

‘निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरुको सो दलमा आबद्ध हुने पाउने हकमा असर पर्नेगरी कुनै काम कारबाही नगर्नु, नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरुका नाउमा अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा उल्लेख छ ।

एमालेलाई सर्वोच्चले सांसदद्वय पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा जानबाट बाटो रोकिदिन्छ कि भन्ने अपेक्षामा थिए ।

पाण्डे र भट्टले नेता नेपाललाई नै शुरुदेखि साथ दिँदै आएका थिए । पार्टी विभाजन हुने बेला सनाखत गर्ने क्रममा ढिलाइ भएपछि निर्वाचन आयोगमा सनाखत हुन पाएको थिएन । उनीहरूले एमाले छाड्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित