कालीकोटमा मेला पर्व शुरु

7
SHARES
15
VIEWS

कालीकोट । वर्षाको सिजन संगै मेला पर्व शुरु भएका छन । जिल्लाका ग्रँमिण क्षेत्रमा देवि देवताका पुजापाठ संगै धार्मिक मेला शुरु भएका हुन । रास्कोट क्षेत्रको चर्चित मेला छविसे,सिमनाथ,डांडामाडु, पचालझरनाको खार्दु,बांझकोट,सान्नित्रिवेणि,तिलागुफाको जुविथा,लगाएतका क्षेत्रमा धुमधामका साथ मेला पर्व शुरु भएका छन ।

कालीकोट जिल्लामा जेष्ठ महिनामा अनन्ते पैठ शुरु भई मंसिर महिनामा रास्कोटको कुडारेको पैठ भएपछि मेला पर्व अन्त हुने गरेको बताइएको छ । यति बेला ग्रामिण क्षेत्रमा धामीहरुले देवता निकाल्न व्यस्त हुन्छन भने सोही समयमा आ आफ्नो अवतार समेत देखाउने गरेको बताइएको छ । पचालझरना गाउँ पालिकाको बांझकोटमा देहोडीको धामीले लुवालौडी समेत भांचेको बताइएको छ ।

धार्मिक संस्कार अनुसार कुल देवताको पुजा पाठमा आ आफ्ना मनोकांक्षा पुरा गर्न विभिन्न किसिमका भेटी चढाउने गरेको पचालझरनाका धार्मिक संस्कारका गुरु मानिएका सर्पे कठायतको भनाई रहेको छ । सत्य युगमा देवताका भर बाहेक अरु कुनै प्रति विश्वास नहुने गरेको स्मरण गर्दै आफुहरुले अहिले पनि बालि लगाउन देखि लेख औल गोरु सार्नु परेपनि देवताको साहारामा अघि बढ्ने गरेको कठायतको भनाई रहेको छ ।

यति बेला कुल देवताको पुजा पाठका लागि जिल्ला बाहिर रहेका मानिसहरु पनि घरमा आउने गर्दछन । कोरोना महामारीका विचमा स्थानिय जात्रा नरोकिएका भएपनि यति बेला भने ढुक्क साथ पैठ भएको स्थानियको भनाई रहेको छ ।

कालीकोटमा यस पछि दशैंको सेरोफेरा पारे जात्रा हुनुका साथै मंसिरमा कात्तिक पूणि मेला व्यापक रुपमा लाग्ने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित