रास्कोट र खाडाचक्रका चार हजार घरमा सुधारिएको चुल्हो जडान हुने

7
SHARES
15
VIEWS

कालीकोट । जलबायु परिवर्तन र कार्बन ब्यापारमा न्यूनीकरण गर्न  सुधारिएको चुल्हो प्रयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल, खाडाचक्र नगरपालिका प्रमुख जशिप्रसाद पाण्डे ,दुबै स्थानीय तहका  प्रमुख प्रशासकिय अधिकृत,कार्यपालिकाका पदाधिकारीहरुको सहभागितामा सम्पन्न भएको बताइएको छ । कार्यक्रमका सहभागीले वन बचाउने माध्यम भनेको सुधारिएको चुल्होको महत्त्वका बारेमा छलफल गरिएको छ  ।

युनिसेफ नेपालका प्रतिनिधिहरुकाे उपस्थितिमा सुधारियकाे चुलाेकाे माध्यम बाट बन बचाउने र कार्वन ब्यापार सम्बन्धि समन्वय, सहकार्यमा कार्बन ब्यापारलाई कसरी लैजाने र सुधारियकाे चुलाेकाे बितरण गरि धुवांबाट हुने स्वासप्रस्वास सम्बन्धि राेग निदानका बिषयमा छलफल कार्यक्रममा सहभागी मन तिरुवाले बताउनु भएको छ ।

सो कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले समुदायमा गृहिणीहरुमा सुधारिएको चुल्होले ठूल  राहत पुग्ने बताउदै नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको छ । युनिसेफले उर्जा कार्ययक्रम मार्फत रास्कोट नगरपालिकाका दुई हजार घर र खाडाचक्र नगरपालिकामा दुई हजार घरमा सुधारिएको चुल्हो जडान गरिने बताइएको छ ।

चुल्हो कार्यक्रमका लागि टेण्डर प्रकाशित गरिएको युनिसेफ नेपालका गणेश रावलले बताउनु भएको छ ।

  यस अघि रास्कोटमा स्वास्थ्य, शिक्षा र सरफाइमा काम गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित