गौतम बुद्ध कुशल चिकित्सक पनि थिए

7
SHARES
15
VIEWS

काठमाडौं, जेष्ठ । धर्मलाई कतिपयले अवैज्ञानिक र अन्धविश्वासका रूपमा पनि बुझ्ने गरेका छन् र कोरोनाका सन्दर्भमा त्यो बुझाइलाई अझ मलजल हुन पुगेको छ । यसलाई आ–आफ्ना धर्ममा पनि राम्रा पक्षहरू छन् भनेर सन्देश दिने र व्यवहारमा लागू गर्ने अवसर गुमाएको अवस्था भन्न सकिन्छ ।

कोरोनाभाइरसको संक्रमणबाट बच्न प्रकृतिलाई बुझी भीडभाडमा नजान र अपनाउनुपर्ने अन्य सुरक्षाका उपायहरू पालना गर्न व्यापक मात्रामा सूचना प्रवाह गरिएको पाइन्छ । यसको ठीक उल्टो विभिन्न धार्मिक सम्प्रदायले भने कोरोनाको संक्रमणबाट बचाउन भन्दै भीडभाड जम्मा पारेर तिनका धार्मिक क्रियाकलापहरू सम्पन्न गरिरहेका छन् ।

गौमूत्रमा कोरोनाको औषधि देख्नु र देखाउन खोज्नुमा वैज्ञानिकता भन्दा धार्मिक प्रोपोगण्डा मात्रै हो । भाइरसको संक्रमण तथा मृत्युदर भारतमा आजभोलि बढ्नुको कारण यही लापरबाही पनि हुनसक्छ ।

विश्वभर महामारीका रूपमा फैलिरहेको यो भाइरस इसाइ धर्म मान्नेलाई लाग्दैन भन्ने भ्रम नेपालमा फैलाउने कोशिश पनि गरेको पाइयो । यस्तै भ्रम फैलाएको आरोपमा केही समयअघि पोखराबाट एक धर्मगुरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

भारतमा शुरूका दिनमा गौमूत्र सेवन गरे कोरोनाभाइरस संक्रमण हुँदैन भनेर खूबै प्रचारप्रसार गरिएको थियो । गाईलाई पवित्र जनावर मान्नु हिन्दू धर्मावलम्बीको आस्थाको कुरा हो तर गौमूत्रमा कोरोनाको औषधि देख्नु र देखाउन खोज्नुमा वैज्ञानिकता भन्दा धार्मिक प्रोपोगण्डा मात्रै हो । भाइरसको संक्रमण तथा मृत्युदर भारतमा आजभोलि बढ्नुको कारण यही लापरबाही पनि हुनसक्छ ।

कोरोनालाई दैवीकरण गरेको पनि पाइयो तर यसलाई स्त्री वा पुरुष के मान्ने भन्ने प्रश्नमा मतैक्य हुनसकेको छैन । आखिरमा कोरोनादेवी र कोरोनेश्वर के भन्ने अलमल भएको छ । साथै संक्रमण हुनबाट बचाउन प्रार्थना, याचना तथा पूजाअर्चना गर्नेहरू बढेका छन् । कोरोनाको भावभक्ति गर्दै रचना गरिएका भजन गीतहरू गाउने तथा त्यसमाथि नाच्नेको पनि कमि छैन ।

# वसन्त महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित