पचालझरनाको सिकुमा माओवादी केन्द्रको टोल कमिटि विस्तार

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रका गतिविधि बढ्न थालेका छन । पार्टी केन्द्रको भेला सम्मेलन गर्ने क्रममा पचालझरना गाउँ कमिटिले टोल र वडाका पार्टी कमिटि विस्तार, भातृ संगठन विस्तारलाई व्यापकतामा लिएको छ ।

टोल स्तरिय वडा कमिटि विस्तारका क्रममा पचालझरना गाउँ पालिकाको सिकुमा टोल कमिटि विस्तार गरिएको छ । बांके जिल्ला समन्वय समितिका सदस्य अवराज खड्काको उपस्थितिमा टोल स्तरिय कमिटि गठन भएको छ ।

सिकुमा भएको टोल सम्मेलनमा सेल न. १ को अध्यक्षमा निर खड्का, सेल न. २ को अध्यक्ष रन्ने शार्की,सेल न. ३को अध्यक्षमा कन्न लुवार,सेल न. ४को अध्यक्षमा दिपराज खड्का,सेल न.५मा गगनसिंह बोगट रहेका छन भने टोल न. १मा विर बहादुर शाही अध्यक्ष र टोल न. २मा गोहोडे न्यौपाने अध्यक्ष रहेको कमिटि गठन गरिएको वडा कमिटि अध्यक्ष गोकुल खड्काले बताएका छन । अन्य भातृसंगठन समेत गठन गरिएको बताइएको छ ।

आउदो भाद्र २० गते वडा सम्मेलन गर्ने र सो समय सम्म पार्टी सदस्यता विस्तार गरिने बताइएको छ । सो कार्यक्रममा प्रमुख अतिथि रहेका अवराज खडकाले पार्टी संगठन विस्तारमा सबै कार्यक्रता लाग्नु पर्ने बताउदै आउदो चुनावमा वडा न. १मा माओवादी केन्द्र अत्याधिक बहुमत ल्याउन अनुरोध गर्नु भएको छ ।

सोही कार्यक्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले टोल टोलमा पार्टी सदस्यता विस्तारलाई व्यापक बनाउदै पार्टीले केन्द्र देखि गाउँ हुंदै केन्द्र सम्म मजबुत पार्टी बनाउने योजना रहेको बताउनु भएको छ ।

कार्यक्रमको विशेष अतिथि समेत रहेकी उपाध्यक्ष न्यौपानेले सबैले पार्टी संगठनलाई व्इवस्थित पार्न समेत अनुरोध गर्नु भएको छ ।
त्यसै गरी वडा न.५ बांझकोटमा भातृ संगठन विस्तार भएको रत्न कुमालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित