प्रहरीकै अगाडी न्यायिक समिती संयोजकले पत्रकार माथी हातपात गर्नु गलत -महासंघ

7
SHARES
15
VIEWS

कालीकोट । समाचार लेखेकै कारण पत्रकार ललित बिष्ट माथिको आक्रमणको नेपाल पत्रकार महासंघ कालीकोट शाखाले बिरोध जनाएको छ । नेपाल पत्रकार महासंघ कालीकोट शाखाका कार्यबाह अध्यक्ष नमराज योगि द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा कानुन हेर्ने उच्च ओहोदाको जनप्रतिनिधिले प्रहरीकै अगाडि हातपात गर्नु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताएको छ । समाचार लेखेका बिषयमा छलफल गर्नु छ भनेर बोलाएको अवस्थामा शुभकालिका उपाध्यक्ष पम्फा शाहिले ललित बिष्ट माथी जिल्ला प्रहरी कार्यलयमा मुक्का हानेर चेतावनी दिएको बताइएको छ ।कानुनी प्रक्रिया हुदा हुँदै हात पात गर्नु र पत्रकारलाई स्वतन्त्र पुर्बक कलम चलाउने वातावरण कायम गर्न महासंघले अनुरोध गरेको छ । यस अघि समाचार लेख्दा ज्यान मार्ने धम्की आएपछी पत्रकार बिष्णु न्यौपाने जिल्ला प्रहरी कार्यलय सुर्खेतमा बस्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित