कालीकोटमा पहिलो पटक कोल्डस्टोरमा फलफुल राख्न शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पहिलो पटक कोल्डस्टोर संचालनमा आएको छ । हिमचुलि कृषि सहकराी संस्था लि.ले स्थापना गरेको कोल्ड स्टोरमा फलफुल राख्न शुरु भएको छ । संस्थाले स्थापना गरेको कोल्ड स्टोरमा कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाबाट स्याउ ल्याएर कोल्ड स्टोरमा राखिएको हो ।

उक्त कोल्ड स्टोरमा पहिलो पटक ४ टन स्याउ राखिएको संस्थाले जनाएको छ । संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार पहिलो पटक कृषकहरु कोल्डस्टोरमा राख्न बानि नपरेकाले संस्थाले आफै खरिद गरेको स्याउ कोल्ड स्टोरमा राखेको बताउनु भएको छ । वहाँका अनुसार पहिलो वर्ष ४ टन स्याउ राखिएको र अन्य फलफुलहरुको भण्डारण गरिने बताउनु भएको छ ।

अब कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारी खेर जान नदिने बताउदै संस्थाका सचिव सरोज बागेटीले कालीकोटको उत्पादन भएको कृषि जन्य तरकारी तथा फलफुलका लागि २० टन भन्दा बढि राख्न सकिनेबताउनु भयो । हिमचुलि कृषि सहकारी संस्थाको आफ्नै भवनमा कोल्ड स्टोर निर्माण गरिएको सचिव बोगटीले बताउदै यस अघि खेर गएको भएपनि आगामि दिनमा ढुक्क संग महिनौ दिन सम्म फलफुल तथा तरकारी राख्न सकिने भएकाले कृषकहरुलाई समयमै भण्डारण हुने वस्तुको जानकारी गर्न आग्रह गर्नु भएको छ ।

यस वर्ष संस्थाले आफै स्याउ लगाएतका फलफुल राख्न शुरु गरेको भएपनि आगामि वर्ष कृषकहरुको फलफुल तथा तरकारी राख्नका लागि ठाउँ अभाव हुन्छ की भन्ने चिन्ता लागेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।

कालीकोट जिल्लामा स साना चिस्यान केन्द्र स्थापना भएपनि अत्याधुनिक कोल्ड स्टोर भने अहिले सम्म स्थापना भएका थिएनन । गएको वर्ष जिल्ला कृषि विकास कार्यालय कालीकोटको सहयोगमा जिल्ला सदरमुकाम मान्ममा दुई वटा कोल्ड स्टोर स्थापना गरिएका थिए ।

युवराज थापाको १२ मिटर लम्बाईका कोल्डस्टोरमा ८ देखि १० टन भार भएको कोल्ड स्टोर रहेको छ भने हिमचुलि कृषि सहकराी संस्थाको २० टन भार क्षमता भएको कोल्ड स्टोर निर्माण गरिएको जिल्ला कृषि विकाश कार्यालय कालीकोटले जनाएको छ ।

कार्यालयका अनुसार उक्त कोल्ड स्टोरमा फलफुल तथा तरकारी राखेर भरपुर प्रयोग गर्न कृषकहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित