कालीकोट । नरहरिनाथका किशोरीहरुले सेनिटरी प्याड बनाउन थालेका छ्न ।
आइएनएफ नेपाल कालीकोट शाखाको आयोजना तथा आइएनएफ अस्ट्रेलियाको सहयोगमा तीन दिने तालिम संचालन गरिएको छ । उक्त तालिममा समुहमा आबद्ध किशोरीहरुलाइ आफू सुरक्षीत हुने र सीप मुलक बन्न सक्षम हुने गरी गाउमै सेनिटरी प्याड बनाउन थालिएको स्वास्थ्यकर्मी पार्बती बटालले बताउनु भएको छ ।
तालिमको सहजीकरण चुलु अधिकारीले गर्नु भएको बताइएको छ । उक्त तालिम तीन दिन सम्म संचालन हुने कार्यालय प्रमुख दल बहादुर बुढाले बताउनु भएको छ ।
आइएनएफ नेपालले नरहरिनाथ गाउँ पालिकामा स्वास्थ क्षेत्रमा काम गर्दै आएको छ ।
Discussion about this post