रास्कोटमा अनेमसंघ(क्रान्तिकारी) नगर सम्मेलनमा उर्लियो जनसागर

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा कालीकोट जिल्लामा माओवादी केन्द्रका गतिविधि तिव्र पारिएका छन ।

गाउँ तथा टोल सम्मेलनमा जुटेको माओवादी केन्द्रको रास्कोटमा भएको कार्यक्रममा हजारौंको जनसागर उर्लिएको छ । अनेमसंघ(क्रान्तिकारी) रास्कोट नगरको प्रथम सम्मेलनमा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा भएको कार्यक्रममा ३५ जना अन्य पार्टीका कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

सम्मेलनमा महिला संगठनको नगर अध्यक्ष सुर्जा फडेराको अध्यक्षतामा भएको थियो भने कोपिला संज्यालले संचालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्र कालीकोटका संयोजक धनजित शाही,रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालल,निर्वाचन क्षेत्र न.खका संयोजक डम्बर शाही,महिला संगठनको जिल्ला इन्चार्ज अल्किना बम,जिल्ला संयोजक मिठु शाही,रास्कोट नगर इन्चार्ज जगत शाही,नगर अध्यक्ष धर्मराज शाही लगाएतका अतिथिहरुको सहभागिता रहेको बताइएको छ ।

रास्को्टमा भएको कार्यक्रम सांस्कृतिक मय भएको बताइएको छ । विभिन्न खालका क्रान्तिकारी देउडा प्रस्तुत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित