कालीकोटमा नयाँ भाडादर कायम होला ?

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोटमा सार्वजनिक सवारी साधनका लागि भाडादर फेरबदल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको बैठकले कालीकोट देखि सुर्खेत सम्म जिप,स्क्रापियो लगाएतका साना सवारीहरुको लागि १ हजार दुई सय,जस्मा प्रती किलोमीटर ५ रुपैयाँ ३६ पैशा तोकिएको छ । त्यस्तै गरी मध्यम खालका सवारी साधनमा १ हजार ३०, जस्मा प्रती किलोमीटर ६ रुपैयाँ ६० पैशा निर्धारण गरिएको छ । ठुलो सवारी साधनका लागि ८ सय ४० अर्थात ७ रुपियाँ ७५ पैशा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले भाडादर काय गरेको हो । बैठकले सवारी साधन र टिकट काउन्टरमा अनिवार्य रुपमा भाडादर टाँस गर्नुपर्ने बताइएको छ ।

त्यसै गरी बैठकले लालिघाट देखि जारकोट हुँदै थिर्पु जाने सडकका लागि ४ किलोमिटर सम्मलाई रु ५० र सो भादा लामो दुरीमा प्रति किलोमिटर रु १४ का दरले भाडा निर्धारण गरेको छ भने सदरमुकाम देखि खाडाचक्र को सेरावाडा हुँदै नाग्म र जिते जाने खण्डको लागि ४ किलोमिटर सम्मलाई रु ३० र सो भन्दा बढी भएमा प्रतिकिलोमिटर रु ७ रुपैयाँ ७५ पैसा भाडा दर कायम गरेको छ ।

दशै अघि सबै सडकको मर्मत सम्भार गर्ने सहमति भएको बैठकमा सहभागी चित्र सिंह गाउलेले बताउनु भएको छ ।

गाउलेका अनुसार जिरोप्वाइन्टमा रहेको टिकट काउन्टर ताडी स्थित बसपार्क बाट काउन्टर संचालन गर्ने बताइएको छ । यस अघि भाडादर निर्धारण गर्दा ब्यबसायिकले बिरोध जनाउदै आएका थिए । उक्त भाडादर कार्यन्वयनमा आउन कठिन हुने व्यावसायिहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित