खांडाचक्रको ताडिमा एमालेमा पहिरो,५६ जना माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकामा भएको कार्यक्रममा नेपाली कांग्रेश र एमालेका गरि ५६ जना प्रवेश गरेका छ्न । नेकपा माओवादी केन्द्रको खांडाचक्र नगर कमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा ताडिका नेकपा एमालेका लक्ष्मण बिकको नेतृत्वमा भाने कामी,बरुने किट्टी बिक लगाएत ५६ जना प्रबेश गरेको नगर कमिटी अध्यक्ष धनलाल अधिकारीले बताउनु भएको छ । वहाँका अनुसार खांडाचक्र ७ बाट नौलासिंह र ११ बदालकोट बाट अगुवा कृषक तारा गिरि,रोशन रोकाया लगाएत प्रवेश गरेको बताउनु भयो । नव प्रबेशी सबैलाइ कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीए फुलमाला  र अबिर लगाएर स्वागत गर्नु भएको छ । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी सदस्य द्वय गंगा खड्का, लक्ष्मी चौलागाईं लगाएतका नेताको सहभागिता रहेको बताइएको छ । पछिल्लो समय कालीकोटमा नेपाली कांग्रेश र एमालेबाट ८ सय बढी कार्यक्रता नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित