……….त्यसैले त हामी बाहिरबाट खाद्यन्न ल्याउदैनौ

7
SHARES
15
VIEWS

कालीकोट । झट्ट हेर्दा तराईकै जस्तै फांट देखिने ढिम्नियाको ज्युलो मनमोहक अनि रमाइलो देखिने मध्येको एक हो ।कालीकोटको तराई भनेर चिनिदै आएको चिल्खायाको काखैमा रहेको ढिम्निया गाउँका समुदायलाई उत्पादनका हिसावले बाहिरबाट खाद्यन्न ल्याउनु पर्देन ।

आफ्नै खेतबारीको उत्पादनले त्यहाँका कृषकहरु आत्मनिर्भर रहेका छन । मार्सि धानले लह लह बालाहरु हेर्दा भोक मर्ने देखिने धान बालि पाक्न लागेको खेतमा मानो रोपेर मुरी उत्पादन हुने गरेको कृषकहरु बताउछन ।

अन्य ठाउँका कृषकहरुको गएको वर्षको धान नभएपनि तिलागुफा वडा न. ९,१० र ११का चिल्खाया तथा ढम्नियाका कृषकहरुमा भने अहिले पनि प्रशस्त धान रहको बताएका छन । कृषक रतन बहादुर शाहीले अहिले सम्म आफुहरुले बाहिरबाट चामल ल्याउनु नपरेको उनको भनाई रहेको छ ।

उहिलेका जमानामा आफुहरुले नुन संग चामल साट्ने गरेको भएपनि अहिले आफुहरुलाई मात्र खानका लागि हुने गरेका छन । पहिलेको तुलनामा अहिले धान उत्पादन कम हुंदै गएको शाहीको भनाई रहेको छ ।कालीकोट उपत्याकाका रुपमा रहेको चिल्खाया ज्युलो उत्पदानमा पनि त्यतिकै हुने गरेको छ ।

कालीकोट जिल्लामा सबै भन्दा बढि धान फल्ने तिलागुफाको चिल्खाया,रास्कोटको बांग्रि ज्युला,खांडाचक्रको मान्म,महावैको राम्नि,जुविथा,पलांताको थिर्पु लगाएतका ठाउँमा अत्याधिक मात्रामा धान वालि उत्पादन हुने गरेको बातइएको छ ।

रास्कोटका कन्न बुढाका अनुसार पहिले उत्पादन हुने चामल मुग गमगढी,हुम्लामा भारी बाकेर पुगाउने गरेको बताए । उनले भने अहिले आफुलाई खानाका लागि बाहिरबाट चामल ल्याउनु परेको बताए । आफुहरुले खेति गरेर कमाई गर्ने गरेको अहिलेका युवाहरु गाउँमा केही कमाउनु भन्दा विदेश जाने गरेकाले उत्पादन घट्न थालेको बताए ।

पछिल्लो समयमा युवाहरु वार्षिक ७० देखि ८० प्रतिशत व्याजदरमा साहुमहाजन हरुबाट कर्जा लिएर विदेश जाने गरेको स्थानियको भनाई रहेको छ । कृषिमा आधुनिकता र प्रंगारिक उत्पादनमा विशेष जोड दिएको कर्नालि प्रदेश सरकारले युवाहरुको साथ भने अहिले पनि देखिएको छैन ।

कृषिमा आत्मनिर्भर गराउनका लागि भुमि बैंक स्थापना गरेर बांझो जमिनलाई प्रयोगमा ल्याउने निति लिएको रास्कोट नगरपालिकाले पछिल्लो समय युवाहरुलाई सरिक गराउन खोजेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भयो ।

रास्कोट नगरपालिकाको बांझो रहेको फांटहरुलाई अविलम्ब उत्पादनमा जोड दिन विशेष प्राथमिकतामा राखेको नगरप्रमुख बरालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित