कालीकोट । पुर्ब भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री बिमला केसिले पुरानो संस्कृति जोगाउन देउडा हब जरुरी भएको बताउनु भएको छ ।
पचालझरनामा भएको देउडा महोत्सवलाई सम्बोधन गर्दै पुर्ब मन्त्री केसिले पहिलो झोडा मागल पुस्ता हस्तान्तरण जरुरी भएको बताउदै हामिले देशभर देउडा हब बनाएर संस्कृती जोगाउन पर्ने बेला आएको दाबी गर्नु भएको छ ।
देशभर देउडा प्रतियोगिता गरेर अनिवार्य संस्कृतिको देउडालाई राष्ट्रिय पर्वका रुपमा मनाउनु आजको आवश्यक्ता भएको नेकपा माओवादी केन्द्रको नेतृ तथा पूर्व मन्त्रि केसी बताउनु भयो ।
लोकसंस्कृतिको जगेर्ना अतिआबस्यक भएकाले हामिले सकृय भएर लागेनौ भने हाम्रो मौलिक संस्कृति हराउने खतरा रहेको बताउनु भएको छ उहाले अब सांस्कृतिक क्रान्ति मार्फत आर्थिक र सामाजिक क्रान्ति गरेर मात्र हामिले भनेको समाज बनाउन सक्ने ठोकुवा गर्नु भएको छ ।
पचालझरना महोत्सव उद्घाटनका क्रममा पुर्ब मन्त्री केसिले अहिले प्रदेश सरकारले पचालझरनाका जस्ता प्रयटकिय क्षेत्रको जगेर्ना गरेको बताउदै अब प्रदेश सरकारले दउडा हव बनाउन आफुहले पहल गर्ने बताउनु भएको छ । पचालझरनामा भएको देउडा महोत्सवले प्रदेशकै हकमा नयाँ सन्देश गएको बताउनु भएको छ ।
Discussion about this post