पलातामा माओवादी केन्द्र निकट शिक्षकको गाउँ सम्मेलन,अध्यक्षमा नारायण

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा भएको माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । आज थिर्पुमा भएको सम्मेलनले नारायण सिंह बमको अध्यक्षतामा ६१ सदस्य गाउँ कमिटी गठन भएको हो । उक्त सम्मेलनले वरिष्ठ उपाध्यक्षमा लालभक्त बिक,महिला उपाध्यक्षमा सन्जु शाही बम,उपाध्यक्षमा प्रेम बिक,सचिब भिम प्रसाद न्यौपाने ,अर्थ सचिब मान बहादुर शाही,तुलराज रोकाय र सहसचिब जनन्त बिक सद्स्यहरुमा मनिकेश भण्डारी लगाएत ६१ सद्स्य रहेको गाउँ कमिटी गठन भएको बताइएको छ । उक्त सम्मेलनमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका कर्नाली प्रदेश कमिटी सद्स्य कल बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले प्रेस चौतारीका प्रदेश कमिटी सदस्य रमेश बम ,बिप्लव निकट अखिल नेपाल शिक्षक संगठन परित्याग गरेर मोहनबिर बम एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रबेश गरेको बताइएको छ । सो कार्यक्रममा नेकपा माओवादी केन्द्र पलाता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकाया(इन्द्र)को विशेष आतिथ्यतामा भएको बताइएको छ । साथै ,पार्टी सचिब मान बहादुर भण्डारीको समेत उपस्थिति रहेको थियो । पछिल्लो समयमा माओवादी केन्द्रका गाउँ गतिविधि तिब्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित