कालीकोट । पहिलो पटक संचालन भएको पचालझरना देउडा महोत्सवमा स्थानिय लोक संस्कृतिकको संरक्षण तथा प्रवद्धनमा जोड दिइएको छ । असोज १५ गते देखि शुरु भएको देउडा महोत्सवमा पचालझरना तथा जिल्ला बाहिरका खेलाडिले मनोरञ्जन दिदै आएका छन ।
कर्नालि प्रदेशको पूर्व कृषि मन्त्रि विमला केसीले उद्घाटन गर्नु भएको पचालझरना देउडा महोत्सवमा स्थानिय कला संस्कृतिको प्रस्तुति गरिएको छ । देउडा खेलाडी अछाम की विमला बुढा, कालीकोटका पाण्डव विष्ट,धर्मराज ताम्राकार,स्वर्णिम शाही,विनोद न्यौपाने, सुनसरा शाही लगाएतका देउडा पारखिले प्रस्तुति प्रस्तुत गरेका छन ।
त्यसै गरी पचालझरना प्रत्येक वडा, विद्यलायहरुबाट देउडा तथा मागल झोडा लगाएतका प्रस्तुति प्रस्तुत गरिएका छन । कालीकोट जिल्लामै पहिलो पटक गरिएको देउडा महोत्सवमा पूर्व कृषि मन्त्रि केसीले कर्नालि प्रदेशको मुख्य संस्कृतिका रुपमा देउडालाई लिनु पर्ने बताउदै निरन्तर संस्कृतिका रुपमा लिनु पर्नेमा जोड दिनु भएको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले देउडा गित मार्फत आफ्नो मन्तव्य दिनु भएको छ ।पचालझरनाको पर्यटन प्रवद्धन र विकासका लागि यस अघि पचालझरना महोत्सव गरिएकोमा यस वर्ष लोकसंस्ृकतिको जगेर्ना गर्न देउडा महोत्सव गरिएको बताइएको छ ।
पचालझरना गाउँ पालिकामा ग्रामिण भेगमा रहेको परम्परागत संस्कृतिको रुपमा रहेको मागल अनि झोडा प्रस्तुतिले निकै महत्व पाएको छ ।
देउडा महोत्सवमा कामका कारण अधिकांस स्थानियहरुको उपस्थिति नभएपनि ४ दिन सम्म व्यापक मात्रामा रमाइलो महसुस गराएको पचालझरना २का धर्म लोहारले बताउनु भएको छ ।पचालझरना महोत्सवको आयोजनाले लोक संस्कृतिको संरक्षण गराउन टेवा मिलेको कलाकार विनोद न्यौपानेले बताए । उनले भने देउडा महोत्सवको आयोजना गरेकोमा पचालझरना गाउँ पालिकालाई धन्यवाद समेत दिनु भएको छ ।
अर्का कलाकार धर्मराज ताम्राकारले कलाको संरक्षण गरेर संस्कृतिको जगेर्ना गर्नु पर्नेमा सबै लागि पर्नु पर्ने बेलामा पचालझरना गाउँ पालिकाले आयोजना गरेकामा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाललाई धन्यवाद दिनु भएको छ । यस्ता संस्कृतिको जगेर्नाका लागि सबैले अग्रसर हुनु पर्नेमा जोड दिइएको छ ।
असोज १५ गते देखि संचालन भएको देउडा महोत्सव १८ गते सम्पन्न भएको छ ।
Discussion about this post