पचालझरनाको सिकुमा दशैं विशेष खेलकुद प्रतियोगिता हुने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सिकुमा दशैं विशेष खेलकुद प्रतियोगिता हुने भएको छ ।दोस्रो पटक पचालझरना गाउँ पालिकाको वडा न. १सिकुमा खेलकुद प्रतियोगिता हुन लागेको बताइएको छ ।

पचालझरना गाउँ पालिका वडा न. १को आर्थिक सहयोग तथा दिग्दर्शन युवा क्लवको आयोजनामा उक्त खेलकुद प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष सर्जन विकले बताए । उनले भने पचालझरना गाउँ पालिकाका वडा न. १ देखि ९ सम्मका भलिवल खेलाडिीले असोज २२ गते भित्र टिम दर्ता गर्ने र असोज २३ गते देखि २५ गते सम्म भलिवल प्रतियोगिता गर्न लागेको बताए ।

उक्त खेलकुदमा प्रथम स्थान हांसिल गर्नेलाई १५ हजार नगद सहित प्रमाण पत्र दिने बताइएको छ । त्यसै गरी दोस्रो स्थान हांसिल गर्ने टिमलाई १२ हजार, तेस्रो स्थान ल्याउने टिमलाई १० हजार राशिको पुरुस्कार समेत प्रदान गरिने बताइएको छ ।

खेलकुद प्रतियोगिता पचालझरना गाउँ पालिकाको वडा न. १ स्थित सरस्वति माध्यमिक विद्यालयमा संचालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित