सरकार संग भएको तिन बुद्धे सहमति कार्यन्वयन गर -विप्लव नेता रणदिप

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपा कालीकोटले तेस्रो पटक तिन बुद्धे सहमति कार्यन्वयनको लागि ज्ञापन पत्र पेश गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कालीकोटमा यस अघि भएको तिन बुद्धे सहमति कार्यन्वयन गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य मार्फत ज्ञापन पत्र बुझाएको छ । तत्कालिन प्रधानमन्त्रि केपि शर्मा ओलि संग भएको तिन बुद्धे सहमति कार्यन्वयनका लागि विप्लव नेकपाले स्थानिय तह देखि केन्द्रि तह सम्म पटक पटक भेटघाट तथा दववा दिदै आएको छ ।

सोही क्रममा आज जिल्ला प्रशासन कार्यालय कालीकोटमा पनि ज्ञापन पत्र बुझाउदै नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले अविलम्ब कार्यन्वयन हुनु पर्ने यदि सो सहमति कार्यन्वयन नभएपछि आउने चुनौतिको सामना गर्नु पर्ने बताएका छन ।

केपि शर्मा ओलिले गरेको सहमति अहिलेको सरकारले वेवास्ता गरेको विप्लव नेकपाको आरोप रहेको छ । यस सहमति सरकार र विप्लव नेकपाका लागि गलपासो भएको विश्लेषण हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित