कालीकोटमा १५ स्वास्थ्यकर्मी सम्मानित,कोभिड हिरो भोजराज

7
SHARES
15
VIEWS

कालीकोट । स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गर्ने १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका छ्न । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक गोष्ठीमा रास्कोट अस्पतालका प्रमुख डाक्टर भोजराज बमलाई कोभिड हिरो घोषित गरिएको छ भने खाडाचक्र नगर स्वास्थ्य प्रमुख रबिन्द्र सेजुवाल, स्वास्थ्यकर्मी गमला शाही लगाएत जिल्लाभरका ९ वटै स्वास्थ्य शाखा प्रमुखहरु रास्कोटका हंशराज बराल,पचालझरना गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्याल लगाएत स्वास्थ्यकर्मी सम्मानित गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जन स्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । उहाँका अनुसार उत्कृष्ट कर्मचारीहरुमा महेश खत्री,चोलेन्द्र कार्की र चन्द्रा शाही समेत सम्मानित भएको बताउनु भएको छ । जिल्लामा कोभिड्का क्रममा उल्लेखनीय देन पुगाएकोमा सम्मानित गरिएको बताइएको छ ।काम अनुसार  सम्मान पाउनु राम्रो भएको सहभागीले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले सम्मानित सबैलाइ बधाइ दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित